नियम १३
नाबालकको तर्फबाट संरक्षकले ऋणपत्र खरीद गर्न सक्ने

(१) नाबालकको नाममा ऋणपत्र खरीद गर्न परेमा निजको आमा, बाबु वा निजको संरक्षकले त्यस्तो नाबालकको नाममा ऋणपत्र खरीद गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम ऋणपत्र खरीद गर्दा नाबालकको जन्म मिति खुलेको प्रमाणपत्र, त्यस्तो नाबालकको आमा, बाबु वा संरक्षकको नाम, थर, ठेगाना, नागरिकता वा परिचय खुल्ने प्रमाणपत्र निवेदन साथ पेश गर्नु पर्नेछ ।

(३) उपनियम (१) बमोजिम खरीद भएको ऋणपत्रको सावा तथा ब्याज भुक्तानी नाबालकको हकमा निजको उमेर नपुगेसम्म निजको संरक्षकलाई दिइनेछ । नाबालकको उमेर पुगेपछि निजले उमेर पुगेको प्रमाणपत्र पेश गरेमा त्यस्तो सावा ब्याजको भुक्तानी निजलाई नै दिनुपर्नेछ ।